Thursday, July 4, 2013
महिलाहरू कति वर्षको उमेरसम्म यौन सक्रिय रहन सक्छन् ?
पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ?
कविता पनि मोडलिङमा
काठमाडौं । नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धरकी १८ वर्षीय छोरी कविता पनि मोडलिङमा प्रवेश गरेकी छन् ।
करिश्माकी छोरी कविता मानन्धर हाल अमेरिकामा छिन् । उनलाई ‘एएनए’ नामक संस्थाले मोडलिङको साईत जुराई दिएको हो ।
अमेरिकाको बाल्टिमोरमा उनले अध्ययन गरिरहेकी छन् । कविता पाँच फिट चार इञ्चकी छन् । तस्विर सौजन्य अना फेसन डटकम ।

जडिबुटी कर्मचारीबाटै चोरी निकासी
-सञ्जीवकुमार दाहाल
दोलखा, २० असार । दोलखा वन पैदावार र जंगली पशुपन्छी संरक्षणको जिम्मा पाएको गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय नजिकै तस्करीका सामान भण्डारण गरिएको पाइएको छ ।
संकलन र निकासीका लागि प्रतिबन्ध गरिएका वन पैदावार संरक्षण क्षेत्रको कार्यालय नजिकै भण्डारण गरिनुमा कार्यालयकै संलग्नता रहेको स्थानीयको आरोप छ ।
संरक्षण क्षेत्रको प्रधान कार्यालय सिँगटीको करीव एकसय मिटर उत्तरतर्फ जंगलबाट अबैध रुपमा संकलन गरी ल्याएका धुपी सल्लाको चोइटा र झ्याउ भण्डारण गरी राखिएको छ । धुपी काठ र चोइटालगायतका पैदावार सिन्धुपाल्चोक हुँदै निकासी हुन थालेपछि मन्त्रालयस्तरबाट समेत पटक/पटक बैठक बसी सुरक्षा संयन्त्र परिचालन हुँदै आएको थियो ।
बोरामा धुपीका काठ र चोइटा फेला परे पछि संरक्षण कार्यालयबाटै चोरी निकासी भइरहेको रहस्य खुलेको हो । जंगलमा चोइटा थुप्रै भएको र सिँगटीमा १० टन बढि भण्डारण गरिएको स्थानीयले जानकारी दिए ।
संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले धुपीका चोइटा बनाउन र संकलन गर्न स्थानीय संरक्षण समितिलाई अनुमति दिएको बताए । उनले कर्मचारीले चोरी निकासी गरेको आरोपको खण्डन गरे ।

२ सय ५ क्षेत्रलाई नचलाऔं : कानून व्यवसायी
काठमाडौं, २० असार । कानून व्यवसायीहरुले यसअघिको निर्वाचन क्षेत्रमा धेरै परिवर्तन गर्न आवश्यक नरहेको सुझाव दिएका छन् ।
निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीसँग आज (बिहीबार) काठमाडौंमा भएको छलफलमा कानून व्यवसायीहरुले २ सय ५ निर्वाचन क्षेत्रलाई धेरै हेरफेर आवश्यक नरहेको सुझाव दिएका हुन् । उनीहरुले बढ्ने ३५ क्षेत्रमा पनि थोरै मात्रै परिवर्तन गर्न सुझाव दिए ।
अधिवक्ता तीर्थमान शाक्यले अन्तरिम संविधानको धारा ६३ को उपधारा ३ अनुरुप यसअघि बढेका ३५ निर्वाचन क्षेत्रमा मात्रै थपघट गर्न सकिने बताए ।
‘२५ जिल्लाका ३५ क्षेत्र थप गरिएकोमा काभ्रे बाहेकका थपिएका जिल्लामा जनसंख्या बढेको देखिएको छ,’ उनले भने, ‘काभ्रेबाहेकका अन्य जिल्लामा क्षेत्र घटाउन हुँदैन ।’
नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले चलाउनै पर्नेबाहेक पहिलेका निर्वाचन क्षेत्रलाईनै यथावत राखेर अगाडि बढ्न सुझाव दिएको जानकारी दिए । उनले क्षेत्र निर्धारण गर्दा भूगोल र जनसंख्यालाई बढि चलाउनुपर्ने नदेखिएको बताए ।
वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, हरिहर दाहाल, सरिताराज भण्डारीलगायतका कानून व्यवसायीले पनि २ सय ५ निर्वाचन क्षेत्रलाई नचलाउन सुझाव दिएका छन् ।
आयोगले क्षेत्र निर्धारणका बारेमा विभिन्न पक्षसँग परामर्श गर्दै आएको छ ।

राष्ट्रपतिद्वारा समितिका संयोजकसँग परामर्श
काठमाडौं, २० असार । राष्ट्रपति डा.रामवरण यादव र मधेसी मोर्चाका नेता विजय गच्छेदारबीच भेटबार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज (बिहीबार) भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधानसभा निर्वाचनको तयारीका बारेमा परामर्श भएको हो ।
डा.यादवले उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका नेता गच्छदारसँग निर्वाचनको तयारीका बारेमा जानकारी लिए । उनले निर्वाचनका लागि सक्रिय हुन राजनीतिक समितिलाई आग्रह पनि गरे ।
निर्वाचनको मिति नजिकिदै गएको अबस्थामा सबै दललाई समेटेर अघि बढ्न डा.यादवको सुझाव थियो । भेट पछि सञ्चारकर्मीसँग कुरा गर्दै गच्छेदारले छिट्टै राजनीतिक समितिको बैठक बोलाई नेकपा–माओवादीका मागका बारेमा छलफल हुने बताए ।
‘उच्चस्तरीय राजनीतिक समितिको बैठकमा नेकपा–माओवादीका मागका बारेमा छलफल हुन्छ,’ उनले भने, ‘राष्ट्रपतिले सबै आन्दोलनरत दलहरुसँग वार्ता र सम्वाद गर्न सुझाव दिनु भएको छ ।’
यस अघि बुधबार राष्ट्रपति डा.यादवले कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलसँग निर्वाचनका बारेमा परामर्श गरेका थिए ।

इजिप्टमा सैनिक क्रु
देशमा राष्ट्रपतिको अर्को निर्वाचन नहुँदासम्म राष्ट्रपतिको सबै अधिकार अब मूख्य न्यायाधीशमा रहने घोषणा जनरल सीसीले गरेका हुन् । राष्ट्रिय टेलिभिजनमा बोल्दै जनरल सीसीले नयाँ राष्ट्रपतिको निर्वाचन नहुँदासम्म अन्तरिम सरकारको काम पनि मूख्य न्यायाधीशले नै गर्ने बताए । केही समयदेखि चर्केको राजनीतिक संकट समाधान गर्न सेनाले राष्ट्रपति मुर्सीसहित राजनीतिक दलका नेताहरुलाई ४८ घण्टाको समय दिएको थियो ।
जीन्दगीलाई जुवाँ भन्दै सोनियाको आइटम डान्स (भिडियो)
रमेश वुढोथोकीको निर्देशनमा तयार भएको चलचित्र ‘ग्याम्बलर’ले क्यासिनोको कथालाई उठान गरेको छ । भदौ ७ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रमा राजेश हमाल, सुमन सिंह, विना वुढाथोकी, कल्पना शाही, सोनिया केसी लगायतका कलाकारको अभिनय छ ।
चुन्नी कुमारी गुरुङको प्रस्तुतीमा यादव गुरुङले निर्माण गरेको यो चलचित्रमा नायक सुमन सिंह क्यासिनोको खेलाडीको रुपमा देखिएका छन् । चलचित्रमा समावेश ‘जीन्दगी यो जुवाँ हो जुवाँ’ बोलको गीतमा नायिका सोनिया केसीको आइटम नृत्य हेर्न सकिन्छ । निर्माता यादव गुरुङ सिनेमाले नयाँ बिषयलाई फरक ढंगले प्रस्तुत गरेकाले पनि दर्शकले मनपराउने विश्वास गर्छन् । चलचित्रमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् ।
Subscribe to:
Posts (Atom)