Showing posts with label national. Show all posts
Showing posts with label national. Show all posts

Wednesday, March 11, 2015

''पूजाको बलात्कारपछि मृत्यु: 'बलात्कारीलाई मृत्युदन्ड माग्दै बाराबासी सडकमा '''

पूजाको बलात्कारपछि मृत्यु: बलात्कारीलाई मृत्युदन्ड माग्दै बाराबासी सडकमा बारा, फाल्गुन २७ । बाराकी ६ वर्षीया बालिका पूजा साहको बलात्कारपछि मृत्यु भएको घटनाले देशैभर आक्रोश सिर्जना गरेको छ । यस्तो घृणित अपराधमा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शनसमेत भएको छ । एक रिपोर्र्ट (भिडियो हेर्नुहोस्)

''This summer the somboka , sweat come''''

गर्मीमा यसरी गर्नुहोस् सेक्स, पसिना आउँदैन
This summer the somboka , sweat come
What is that all about samboka the appropriate time are unwilling to argue. Others suitable for winter and summer time  samboka  partner for failing to prepare themselves for the same to be prepared just say that some of bhaidinuparne obligation upon all problems in the cold too cold humda appropriate time for the show of the summer time samboka
But what if the samboka  signifying the same rate in both the summer and winter are shown in various studies. Here lies the beginning of the summer season, we also for your comfort in summer and some easy ways samboka  search inquiry we enforcement. In the summer, some of the fatigue and heat leads to samboka may galna for whose use by samboka  when enjoying aisako receive.
Aisako, during samboka lips have caused a bit of one another when caramautkarsama Spurs clinging to reach and enjoy the summer, very comforting to delude. Another way to make evading the sex life exciting summer sviminga bridge can also become a destination. Vaimsama svimigam bridge nuvaune destination only to be the last time the probation is a growing trend in private svimigam sex. If you are not yet sviminga samboka once again blocked the jindagikai you will receive a great exciting atmosphere.
Another excellent place to survive the heat, samboka  floor above the fruits of Si samboka  tatincha body. More in summer when it sarirasamgai bed also tatincha smboka  Therefore, it is appropriate, leaving samboka  To enjoy samboka  partner bhumimai ladibadi is different. The same summer the best time to delude samboka  is one of the rain. It is not possible to natural showers possible rains affected as batharupama to be making any such smboka  Shower nuhaudai the samboka  is fun too different.

Tuesday, July 30, 2013

फेसबुक हिरो जुकरबर्गको पहिरन चर्चा

सामाजिक सञ्जाल फेसबुकले सर्वसाधारणका लागि सेयर जारी गरेको धेरै भैसक्यो । उक्त अवसरमा फेसबुकले क्यालिफोर्नियामा रोड शोको समेत आयोजना गर्‍यो । उक्त रोड शोमा सबै व्यक्ति टाइ सुटमा सजिएका थिए । तर स्वयं फेसबुकका संस्थापक मार्क जकरबर्ग भने सधै जस्तै सामान्य पोशाकमा देखिए । उनले आफ्नो ड्रेसको ट्रेड मार्क बनाएका जम्पर वा हुडी लगाएका थिए । रोड शोमा देखिएको यो पहिरन पछि यसको वारेमा निकै नै चर्चा परिचर्चा भयो ।
हुन त जकरबर्गले यस्तो पहिरन सधै नै गर्थे । तर आफ्नै औपचारिक कार्यक्रममा यसरी गैर जिम्मेवार हुनु हुदैनथ्यो । यसले गर्दा भविष्यका सम्भावित लगानीकर्ताहरुमा नराम्रो सन्देश प्रवाह हुन्छ भन्ने धेरैको धारणा रहेको थियो । तर स्वयं जकरबर्गका पक्षधरहरुले भने यो प्रकरणलाई सामान्य रुपमा लिएका थिए । उनि यही पोशाकमा आफुलाई सहज अनुभव गर्छन् । त्यसैले यसलाई स्वाभाविक रुपमा लिनु पर्ने उनिहरुको तर्क थियो । फेसबुकको सेयरले धेरै उचाइ लिएन । तर जकरबर्गको पहिरन चर्चाले भने सधै उचाई नै लिइरहेको पाइन्छ ।
हुन पनि अमेरिका जस्तो फेसन कन्सियस मुलुकमा जन्मिएका जकरबर्ग टाइ सुटमा सजिएको कमै देखिन्छ । अमेरिकामा टाइ सुटलाई नै औपचारिक पोशाक मानिन्छ । तर पहिरनमा सहजता हुनु पर्छ भन्ने उनको मान्यता छ । हुडी नै उनलाई सहज लाग्छ । उनी यो वाहेक टिसर्ट समेत लगाउने गर्छन् । फेसनको मामलामा एप्पलका संस्थापक स्टिभ जब्सको पनि यस्तै धारणा थियो । स्टिभ जब्सले पनि सार्वजनिक समारोहमा जहिले पनि घाटी सम्म ढाकिएको कालो रंगको फुल टिसर्ट ‘टर्टलनेक’ र ब्लु जिन्स पाइन्ट लगाउथे ।
6a01156e30b64e970c0147e1aed3cb970b-800wi
स्टिभ जब्सले आफ्नो बायोग्राफी लेखक वाल्टर इज्याक्सनसँग भनेका थिए, ‘मसँग यस्ता धेरै टर्टलनेक छन् । मैले प्रत्येक दिन फेरेर लगाउदा पनि जिन्दगी भर पुग्ने संख्यामा छन् ।’ यसको अर्थ स्टिभ जब्सको ‘टर्टलनेक’ प्रति अति नै मोह रहेको दर्शाउछ । त्यसैले उनले सधै नै त्यही पहिरनमा आफुलाई प्रस्तुत गरे । स्टिभ जब्स नै मार्क जकरबर्गका ‘एक्जिक्युटिभ आइडल’ मानिन्छन् । त्यसैले जब्सले जस्तै जकरबर्गले पनि फेसनमा आफ्नो छुट्टै पहिचान बनाउन खोजेका हुन सक्छन् भन्ने कतिपयको मान्यता छ ।
जकरबर्गले पहिरिने हुडीको प्रचलन अमेरिकाबाटै प्रारम्भ भएको हो । सन् ७० को दशकको मध्यतिर न्युयोर्कका सडकहरुमा हिप–हप संस्कृतिको निकै नै विकास भैरहेको थियो । चलिरहेको फेसन भन्दा अलिकति फरक देखिन चाहनेहरुले यो अवस्थामा हुडीको प्रयोग गर्न निकै नै रुचाए । त्यो समयमा विशेषत: भित्ते चित्र कोर्ने ग्राफिटी कलाकारदेखि लिएर लुटेरा र अलि हठी बालबालिकाले समेत यसको प्रयोग गर्न थाले ।
त्यतिखेर हुडी लगाउनु भनेको अलिकति तल्लो स्तरको व्यक्तिको पहिचान हुन्थ्यो र यसको अर्थ उनिहरु अलि कानुन विपरितका कार्य गर्न अग्रसर हुन्छन् भन्ने मान्यता रहन्थ्यो । त्यसपछि स्केटर र स्नोबोर्डरदेखि लिएर पंक म्युजिकका पारखीहरुले समेत यसको प्रयोग गर्न थाले । त्यो समयमा नर्मा कमाली र अन्य प्रसिद्ध डिजाइनरहरुले यसको प्रसिद्धिलाई बढाउन निकै नै भूमिका खेलेका थिए । खासगरी त्यो समयमा प्रसिद्ध भएको फिल्म ‘रकी’ मा यसको प्रयोग भए पछि यसले झनै लोकप्रियता पायो ।
सन् ९० को दशक प्रारम्भसँगै हिप–हप संस्कृतिले प्रसिद्धि कमाउदै गयो । त्यसपछि टमी हिलफिगर, जर्जियो अर्मानी र राल्फ लाउरेनदेखि गुची र भर्सासे जस्ता प्रसिद्ध फेसन डिजाइनरको ध्यान समेत हुडीतिर मोडियो । उनिहरुले हुडेड टीसर्ट डिजाइन गर्न थाले । त्यसपछि यसको प्रयोग पनि बढ्दै गयो । यसको प्रयोग गर्न रुचाउनेहरु प्रतिको गलत धारणा पनि समाप्त हुदै गयो ।
अमेरिकाको पश्चिमी भाग, अझ क्यालिफोर्नियामा यसको निकै नै प्रचलन हुन थाल्यो । शैक्षिक संस्थाहरुले समेत युनिभर्सिटीको लोगो सहितका हुडी प्रयोग गर्न थाले । यस्ता हुडी विशेष गरी अतिरिक्त कृयाकलापको समयमा अनौपचारिक पोशाकका रुपमा प्रयोग गरिन्छ । अहिले यो अमेरिकामा जिन्स जस्तै फेसनको रुपमा विकास भएको छ । अमेरिकी युवाहरुमा हुडीप्रति निकै मोह छ । यसैको प्रतिनिधिका रुपमा मार्क जकरबर्गले समेत भूमिका खेलेका छन् ।

यीनै हुन कलिला छात्रालाई यौनशोषण गर्ने प्रिन्सिपल


33


प्रिन्सिपलले कलिला छात्राहरुमाथि यौनशोषण गरेको सुन्दा अचम्म लाग्न सक्छ । तर, सोमबार धरानमा यस्तै अपत्यारिलो घटना सार्वजनिक भएको छ । धरान १९, मा सञ्चालनमा रहेको क्रिष्चियन अनुदानमा चलेको इमानुअल इन्टरनेशनल बोर्डिङ्ग स्कुलका प्रिन्पिसल कपिङ मरामले आफनै छात्राहरुलाई होस्टलमा जर्बजस्ती यौनशोषण गर्ने गरेको खुलासा भएको छ ।स्कुलको छात्रावासमा रहेका २४ बालिकालाई ललाइफकाई यौनदुव्र्यवहारका साथै बलात्कारसमेत गर्ने गरेको एक पीडित बालिकाले बताइन्।
प्रहरी कार्यालयमा भेटिएकी मणिपुर घर भएकी पीडित बालिकाले सो विद्यालय छोडी आफन्तलाई भनेपछि उनीहरू धरान आएर महिला अधिकारकर्मीको सहयोगमा विद्यालयको छात्रावासमा गएर बालिकाहरूलाई भेटेपछि प्रिन्सिपलको कर्तुत खुलासा भएको हो। उनको कर्तुत सार्वजनिक भएपछि स्थानीयहरूले प्रिन्सिपल तथा उनकी श्रीमती रेदिला मारामलाई इलाका प्रहरी कार्यलय धरानमा बुझाएका छन्। प्रिन्सिपल मारामले आफूहरूलाई फकाई बेहोस हुने औषधी खुवाएर यौनशोषण गर्ने गरेको एक बालिकाले जानकारी दिइन्।
८ वर्षीया ती बालिकाले मारामले आफ्नो कोठामा बोलाएर संवेदनशील अंगमा छुने तथा अपाकृतिक योैन सम्पर्कसमेत गर्ने गरेको जानकारी दिइन्। बाथरुममा लगेर समेत यौनशोषण गर्ने गरेको उनीहरूको भनाइ छ। भारतको मणिपुरस्थित सेनापति जिल्लाका ५० वर्षीय मारामले धरानमा १४ वर्षदेखि सो विद्यालय सञ्चालन गर्दै आएका थिए। १४ वर्षदेखि सञ्चालित सो स्कुलले ५ कक्षासम्म अनुमति लिएको भए पनि कक्षा ७ सम्म अध्ययन–अध्यापन गराउँदै आएको थियो।
1
उद्दार गरिएका साना बालिकाहरुले बताएअनुसार प्रिन्सिपलले उनीहरुलाई अंगालो मार्थे, किस खान्थे । गुप्तांगमा हात पुर्याउथे अनि छातीमा संवेदनशिल अंग पनि खेलाउथे । फुत्किएर भागेपनि फेरी समातेर ल्याइहाल्थे । राती ओछ्याउनमा पनि प्रिन्सिपल आएर त्यसरी नै दुव्र्यवहार गर्ने गरेको बालिकाहरुले बताइन् । उद्दारमा खटिएकी अनेमसंघ क्रान्तिकारीकी नेतृ देवलक्ष्मी प्रधानका अनुसार पीडितहरुले सोमबार प्रहरीमा किटानी जाहेरी दिइसकेका छन् । ती पीडित बालिकाहरुलाई होस्टलमा पुराना शिक्षक, शिक्षिकहरुको जिम्मा लगाउने र अर्को विकल्प व्यवस्था गरेरै छाड्ने बताइन् । इलाका प्रहरी कार्यालयका डिएसपी चन्द्रदेव राईले पीडकसँग वयान लिन बाँकी रहेको र पीडित बालिकाहरुसँगको कुराअनुसार उनीहरुमाथि यौनशोषण भएको वयान दिएको बताए । आवश्यक अनुसन्धान पछि कारबाही अघि बढाइने उनले बताए ।

Sunday, July 28, 2013

भारतीय 'नेपाल वान टेलिभिजन'मा यौनकाण्डले खैलाबैला

रेणुकाले विधुरीको प्रस्ताव नमान्दा बिचल्ली

Rnuka Kandelकाठमाडौं, १३ साउन । विभिन्न सञ्चारमाध्यममा यौनजन्य घटनाका समाचार सार्वजनिक भईरहेका बेला भारतीय टेलिभिजन ‘नेपाल वान’मा कार्यक्रम सञ्चालिका रेणुका कँडेललाई यौनदुरव्यवहार भएको छ ।
यौनदुरव्यवहारको प्रतिवाद गर्दा रेणुकाले जारी गुमाउनु परेको छ । यौन सम्बन्ध कायम गर्न नमानेकै कारण रेणुका आजै (आइतबार) देखि सडकमा आएन बाध्य भएकी छन् ।
विगत चार वर्षदेखि भारतीय टेलिभिजन नेपाल वानमा भोजपुरी कार्यक्रम सञ्चालन गर्दै आएकी रेणुकालाई भारतीय नागरिक सुन्दरसिंह विधुरीले यौनदुरव्यवहार गरेका हुन् । यौनदुरव्यवहारमा विधुरीलाई क्यामरापर्सन विराज श्रेष्ठले सहयोग गर्दै आएको रेणुकाको आरोप छ ।
रेणुकाको आरोपका बारेमा प्रतिक्रिया लिन नेपाल वानको कार्यालय तिनकुनेमा टेलिफोनमा सम्पर्क गर्दा फोन व्यस्त भएकाले विधुरीसँग सम्पर्क हुन सकेन ।
नेपाल वानमा कार्यरत रहँदा अविवाहित रेणुकालाई विधुरीले पटक/पटक यौन प्रस्ताव राख्ने गरेको आज (आइतबार) जारी विज्ञप्तिमा उल्लेख छ । पछि विवाहित भएकी रेणुकालाई विधुरीले पुन: विभिन्न प्रलोभन देखाएर यौनप्रस्ताव गर्ने गरेका थिए ।
नयाँ दिल्लीस्थित हेडअफिसबाट नेपाल चीफको जिम्मेवारी लिन काठमाडौं आईपुगेका विधुरीले फेसबुकबाट पनि प्रत्यक्ष अप्रत्यक्ष द्विअर्थी र मौखिक रुपमा भद्दा कुरा गर्ने गरेको रेणुकाको आरोप छ ।
‘नेपाल वान टेलिभिजनको नेपाल प्रमुख सुन्दरसिंह विधुरीले मलाई फेसबुकबाट अप्रत्यक्षरुपमा द्विअर्थी र मौखिकरुपमा भद्दा कुराहरु गर्नेगरेका छन्,’ रेणुकाले आरोप लगाएकी छन्, ‘म बस्ने कोठामा एक्लै भएको बेलामा आएर टासिन खोज्ने र अश्लील कुराहरु गर्न खोज्ने गरेका थिए ।’
रेणुकाले यस विषयमा सम्बन्धित निकायमा उजुर गरे पनि सुनुवाई नभएको दाबी गरेकी छन् । ‘संस्थामा कार्यरत सहकर्मीहरुसँग गुनासो गर्दा उनीहरुले पनि आफूहरुले विरोध गरे पहिला धेरै साथीहरुलाई निकालिए झैं आफूलाई निकाल्ने भन्दै चुप लाग्न सल्लाह दिए,’ रेणुकाले भनेकी छन् ।
नेपाल वान टेलिभिजनको नेपाल प्रमुख विधुरीले पटक–पटक रेणुका र उनको लोग्नेसँगको सम्बन्धका बारे चासो लिई यौनजन्य कुरा गर्ने गरेको बताएकी छन् ।
यसबीचमा विधुरीले भोजपुरी चलचित्रकी एउटी अभिनेत्रीसँग अवैध साँठगाँठ रहेको पनि रेणुकाले आरोप लगाएकी छन् । ‘भोजपुरी फिल्मकी अभिनेत्रीलाई नै मेरो ठाउँमा ल्याउन विधुरीले मलाई कामबाट निकालेका छन्,’ रेणुले भनिन् ।
यसैबीच, आजै (आइतबार) भारतीय टेलिभिजन नेपाल वानको काठमाडौं कार्यालय तीनकुनेमा विधुरी र क्यामरापर्सन विराजले तथानाम गालीगलौज गरेर हातपात गरेको रेणुकाले बताईन । (तस्विरमा रेणुका)

=====
प्रेस विज्ञप्ति
म विगत चार वर्षदेखि नेपाल वान टेलिभिजनमा भोजपुरी कार्यक्रमको सञ्चालकको रुपमा कार्यरत्त रहादै आएकी छु । संस्थामा काम गर्दा म अविवाहित थिए । संस्थामा भारतस्थित हेडअफिसबाट नेपालचीफको रुपमा पठाइएका सुन्दरसिह विधुरीले मलाई फेसबुकबाट अप्रत्यक्षरुपमा द्विअर्थी र मौखिकरुपमा भद्दा कुराहरु गर्नेगरेका थिए । म बस्ने कोठामा एक्लै भएको बेलामा आएर टासिन खोज्ने र अश्लील कुराहरु गर्न खोज्ने गरेका थिए । दिल्लीस्थित नेपाल वानको कार्यायमा परिचर रहेका उनले काठमाडौंस्थित स्टुडियोमा सुटिङ्ग गरिरहेको बेला अभद्र मजाक गर्ने र परोक्षरुपमा आमन्त्रित गर्ने कामहरु गर्नेगरेका थिए । यस विषयमा मैले सुन्दरसिहलाई पटकपटक चेतावनी दिए । कहिलेकाही सामान्य लेखपढ गर्न जान्ने विधुरीलाई प्रशासन र टेलिभिजनका बारेमा ज्ञान नभएको र छुद्र सास्कारका कारण यस्तो गर्नेगरेको र समयसागै सबैथोक ठीक हुने विश्वासमा चुप लागे । संस्थामा कार्यरत्त सहकर्मीहरुसाग गुनासो गर्दा उनीहरुले पनि आफूहरुले विरोध गरे पहिला धेरै साथीहरुलाई निकालिए झैं आफूलाई निकाल्ने भन्दै चुप लाग्न सल्लाह दिए । पछि म विवाहित भएपछि सुन्दर सिहले मलाई मानसिकरुपमा प्रताडित गर्न नानाथरिका उपायहरु अपनाउन थाले । उनले मलाई पटकपटक लोग्नेसागको सम्बन्धबारे चासो लिने, सुटिङ्ग नगराउने र सुटिङ्गको मिति सारेर तलब कट्टा गर्ने र सुटिङ्ग भइरहेको बेला नै रोक्न लगाउने आदिजस्ता यातनादायक कामहरु गरिरहे । नेपाल वान टेलिभिजनका प्रमुख हु भन्दै रातारात स्टार बनाइदिने प्रलोभन दिदै उनले नया नया चेलीहरुलाई सेक्सुअली एकसप्वलाइट गर्ने सुन्दर सिहले मबाट उनको अपेक्षा पुरा नभएपछि गत एक वर्षदेखि कुनै न कुनै निहुमा मलाई निकाल्ने प्रयत्न गरिरहे । तर म मेरो क्षमता र मिहिनेतले प्रतिकूल अवस्थामा पनि राम्रो गरिरहेकीले तत्काल मलाई निकाल्न उनको लागि सम्भव थिएन । यसबीचमा भोजपुरी चलचित्रकी एउटी सङ्घर्ष गरिरहेकी अभिनेत्रीसाग उनको अवैध साठगाठ भएपछि उनलाई नै मेरो ठाउमा ल्याउन प्रपञ्च गरेर मलाई निकाल्न नेपाल वानको दिल्ली व्यवस्थापनसाग झूठा कुरा लगाएर मलाई विस्थापित गर्न खोजेका छन् । आज म ती सबै विषयमा कुरा गर्न नेपाल वानको तीनकुनेस्थित कार्यालयमा जादा सुन्दरसिह विधुरी र उनका संरक्षक रहादैआएका क्यामरापर्सन विराज श्रेष्ठले जथानाम गालीगलौज गरेर हातपातसमेत गरेका छन् । सुन्दर सिहले मलाई गाली गरिरहादा मैले उनलाई केही वर्षअघि सुन्धारा क्षेत्रबाट वेश्याबृत्ति गर्दै प्रहरीले पक्राउ गरेको र नया नया चेलीहरुलाई सपना देखाएर अस्मिता लुटने गरेको बताएपछि मात्र उनी चुप लागेका थिए । सुन्दर सिहसाग मिलेर संस्थाको रकम खाने विराज श्रेष्ठले नूनको सोझो गर्न र आफ्नो हैकम देखाउन ममाथि हात उज्याएका हुन् । यी सम्पूर्ण घटनाक्रमहरुपछि मलाई कार्यालयबाट गार्ड बोलाएर निकालिएको छ ।
म नेपाली नारीहरुको अस्मिता लुटन पल्केका र कमीसनकै कारण भारतीय नागरिक सुन्दरसिहलाई सघाउने गरेका विराज श्रेष्ठलाई सेक्सुअल हऱ्यासमेन्ट, मानसिक प्रताडना र हातपात गरेका सिह र उनका मतियारलाई तत्काल पक्राउ गरी कानूनअनुसार कार्वाहीको माग गर्दछु ।
रेणुका काडेल
एन्कर
नेपाल वान टीभी
०७०।०४।१३

Saturday, July 27, 2013

बाबुराम र कमल थापाको भनाभन (भिडियोसहित)

 आफू प्रधानमन्त्री भएको भए जेल हाल्थे भन्ने एमाओवादी नेताको भनाईपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि भट्टराईले राजालाई मान्ने सहमति गरेको खुलासा गरेपछि यो विषयले हंगामा नै मच्चाएको छ ।

थापाको उक्त खुलासामा भट्टराईले आफूले तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बन्न आग्रह गरेको स्वीकार समेत गरे ।
यी दुई नेताबीच फेसबुके ठूलै युद्ध नै भएको थियो । जसमा भट्टराईल पार्टीको नीति अनुसार नै आफूले कमल थापामार्फत् ज्ञानेन्द्रलाई पहिलो राष्ट्रपति बन्न प्रस्ताव गरेको भनेर उनी डिफेन्समा बसेका थिए । तर उनै भट्टराइले सुरुमा भने आफू प्रधानमन्त्री भएको भए जेल हाल्थेँ भनेका थिए ।उक्त भट्टराईको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भने धेरैले खोइरो नै खनेका थिए ।

आफूले पूर्वराजाको सक्रियताबारे बलियो सूचना पाएरै अभिव्यक्ति दिएको बताएका भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार प्रस्टिकरण समेत दिन पुगे ।

लगत्तै राप्रपा नेपालका अध्यक्ष थापाले पनि भट्टराईको अभिव्यक्तिको खण्डन गरे । यसरी उनीहरुबीच फेसबुकमा युद्ध नै चलेको हो ।


Tuesday, July 9, 2013

च्याउ चिनेर मात्र खाने गरौं

-केवी मसाल
KB-Mashal‘एउटा उखान छ बाहुनले च्याउ खाएपो स्वाद पाउछ ।’ हुन पनि हो च्याउको स्वाद खानेले मात्र थाहा पाउछ । आजकल च्याउ सबैले खाने गर्दछन् । च्याउ खादा भने च्याउको प्रजाति, विषालु हो वा होइन भन्ने कुराको ख्याल राख्दैनन् । त्यसैले बर्षाको समयमा प्रत्यक बर्ष नेपालमा बिषालु च्याउ खानाले मानिसहरु मर्ने गरेका छन् । जति मानिसहरु मर्नेको सख्या वृद्धि भएपनि च्याउ खाने क्रमचाहिँ रोकिएको छैन । नेपालीहरुको च्याउखाने बानी पुख्यौलीनै हो । नेपालमा मात्र होइन च्याउ खाने प्रचलन विश्वमा धेरै मुलुकमा छ । जगंली युगदेखिनै मानिसले च्याउ खाएर आएको हुन सक्ने आकल पनि गर्न सकिन्छ । खानहुने प्रजातिको च्याउ चिनेर मात्र खानु पर्दछ । च्याउमा मानिसको शरीरमा आवश्यक पर्ने क्याल्सीएम र प्रोटिनलगायत अन्य तत्व समेत च्याउमा पाईन्छ । च्याउलाई वनस्पती जगतको इष्ट समूहमा राखिएको छ । सामान्यतया बुझनका लागि च्याउ वनस्पती जगतको परजीवी हो ।
च्याउको बारेमा अध्ययन, अनुसन्धान गर्दै आएका नेपालका कृषि वैज्ञानिकको भनाई अनुसार प्राचीनकाल देखिनै च्याउको बारेमा अनुसन्धान हुँदै आएको पाइन्छ । ऋषिमुनिहरुले च्याउमा विष फेला पारेकाले च्याउ खान हुन्न भन्ने उपदेश दिए बाटै बाहुनले च्याउ खानहुन्न भन्ने उखान बनेको पाइन्छ ।
अहिले सम्मको अनुसन्धानले विश्वमा प्राय सबै देशमा च्याउ पाइने गरेको छ । अनुसन्धानबाट अहिलेसम्म विश्वमा ३ हजार ८ सय च्याउको प्रकार पत्ता लागेको छ । अध्ययनले देखाए अनुसार पत्ता लागेको च्याउको प्रजातिहरुमा १ हजार प्रकारका च्याउ विषालु पाइएको छ ।
प्राकृतिक रुपले जंगल, खेतवारी, खुल्लाचौर र सडक किनारमा समेत बर्षाको समयमा उभ्रिने दुईहजार जातिका च्याउमा भने विष नहुने र खान हुने कुरा अध्ययनले देखाएको छ । बाकी २ सय जातिका च्याउ औषधिको गुणयुक्तका प्रजातिमा पनि भेटिएको छ । ति मध्य ६ जातिका च्याउ अति दुर्लभ मानिएको छ ।
यसरी प्राकृतिक रुपमा पाईने च्याउमा प्रोटिन, भिटामिनहरुमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, एमिनो एसिड जस्ता तत्व पाइने कुरा च्याउको बारेमा अध्यन गर्ने वैज्ञानिकहरुले बताएका छन् ।
त्यसैगरी च्याउमा भिटामिन ए, वि, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । च्याउमा वोसो नगन्य मात्रामा हुन्छ । च्याउमा स्टार्च हुदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रुपमा च्याउको स्वादका पारखीहरुले खाने गर्दछन् ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद्, नार्कले गतबर्ष राजधानी र आसपास मकवानपुरका केही भागमा प्राकृतिक रुपले पाइने जंगली च्याउको ३ सय भन्दा बढि प्रजातिका पहिचान गरेको थियो । अध्ययनमा भेटिएका विषालु च्याउका प्रजातिमा ६ ग्रामको च्याउको छाताले मानिसको मृत्यू समेत हुने अति विषालु च्याउ समेत भेटिएको कुरा च्याउ विशेषज्ञ हरिशचन्द्र वास्तोलाले वताएका छन् ।
भेटिएका विषालु च्याउमा आमानित स्पेसिज प्रजातिका १५ थरि रहेका छन् । यस बाहेक कोपिरनस, डाल्डिनिया, गाइनोफिलसा, रामारिया र रिपियोटा प्रजातिका च्याउ पनि भेटिएका छन् । नार्कको यो अध्ययनले जंगली च्याउमा २० प्रतिशत विषु र १० प्रतिशत मात्र खान हुने तथ्याक रहेको छ ।
जंगलमा पाइने धेरै प्रजातिका च्याउ खानका लागि उपयोगी नभएको कुरा नार्कले जनाएको छ । नार्क बाली रोग महाशाखाका अनुसार विषालु च्याउको पराग हावाले उडाएर एकठाउँबाट अर्को ठाउँमा लैजाने हुनाले जुनसुकै ठाउँमा पनि विषालु च्याउ उम्रन सक्दछ ।
नार्कको अध्ययन अनुसार नेपालको हिमाली हावापानीमा अर्थात चिसो हावापानीमा खानयोग्य भेटिएको गुच्छे च्याउ धेरै पौष्टिकयुक्त हुन्छ । औषधिको रुपमा समेत प्रयोगमा आउने गुच्छे च्याउको वजार मूल्य २०/२५ हजार प्रतिकिलोको हाराहारीमा रहेको छ । वजारको अत्यधिक माग रहेपनि गुच्छे च्याउको अहिले सम्म ब्यवसायिक उत्पादन भने हुन सकेको छैन ।
जंगलमा पाइने देउली, वगाले, गोब्रे, फुटुकी जस्ता जातका च्याउमा विष हुँदैन । यो च्याउ खान हुन्छ भन्ने मान्यताका साथ च्याउ खाने र बजारमा समेत बिक्रीका लागि च्याउ पाइने गरेको छ । यो बाहेक कृषिले लामो समय अध्यन, अनुसन्धान गरेर खानयोग्य च्याउका जातिहरुको वीज उत्पादन गरेर कृषकहरुलाई च्याउखेती प्रति उत्प्रेरणा दिलाउदै च्याउ खेतीको पनि प्रचलनमा आएको छ ।
यसरी खेती गरिने च्याउ खेतीले ब्यवसायिक रुपपनि लिएको छ । कृषिको सिफारिसमा खेती गरिने च्याउमा कन्या, देउले, सिताके, ह्वाइट बटम र साजर कार्जा लगायतका च्याउका जातहरु उत्पादन हुने गरेको छ । कन्या च्याउ ३० देखि ४५ डिग्री सेल्सियसको तापक्रममा उत्पादन हुने भएकाले यसको खेती तराइको भू–भागमा हुने गरेको छ ।
तर खान योग्य भनिएका जातका च्याउ पनि धेरै दिन सम्मको बासी भएमा, च्याउमा ढुसी पलाएमा र यस्तै अन्य कारणबाट पनि विषादि हुन सक्दछ । त्यसैले च्याउ खादा धेरै कुरा ख्याल पुर्‍याउनु पर्दछ । खानु भन्दा पहिले ख्याल पुर्‍याउन सकिएन भने च्याउले मानिसको ज्यानै लिन सक्छ ।
कृषिले सिफरीस गरेको बाहेक प्राकृतिकरुपमा जंगलमा पाइने च्याउहरुको खेतिगर्न सकिन्न । कतिपय जातिका च्याउ अन्य खानासँग खादा पनि विषालु पनि हुनजान्छ । उदाहरणका लागि मादक पदार्थ सेवन गर्दा कोप्रिनस प्रजातिका च्याउ खाएमा विषालु बन्दछ । त्यसैले च्याउ खादा निश्चीत खानेकुरा सँगसगै खान पनि हुँदैन । कुन च्याउ खानयोग्य र कुन च्याउ विषालु हुन्छ भन्ने कुरा छुट्टाउन समाजमा मानिसहरु परम्परागत ज्ञानको प्रयोग गर्दछन् । सबै जातिको च्याउको छनौट गर्दा यो ज्ञानले काम दिँदैन र अकालमा मानिसको मृत्यू हुने गरेको छ ।
च्याउको बारेमा अध्ययन नहुदा धेरैमा गलत धारणा रहेको पाइन्छ । धेरै विषालु च्याउहरु सेतो रंगको हुन्छ भन्ने धारणा छ । तर एमानिटा प्रजातिको विषालु च्याउ एमानिटा म्युस्कारिया चम्कीलो रातो र पहेलोमा देखिन्छ । कतिपय च्याउको विषले किरा, फट्याङ्ग्रालाई केही हुँदैन ।
त्यसैले मानिसहरुले किराले खाएको च्याउमा विष हुँदैन भन्ने मान्यता पनि छ । तर कुरा त्यसो होइन । च्याउको विषले सबै जीवलाई छुदैन । किरा, फट्याङ्ग्रा नमर्ने च्याउ खादा मानिसको मृत्यू हुन सक्छ ।
चाँदीको भाडामा च्याउ राख्दा विषालु च्याउ थाहा हुन्छ भन्ने गलत धारणा पनि छ । त्यसै गरी पकाएर खादा पनि विष नष्ट हुन्छ, विषालु च्याउले भातरातो बनाई दिन्छ । यस्तो धेरै किसिमको गलत धारणा च्याउ खाने मानिसहरुमा रहेको छ । च्याउको प्रजाति अथवा कुन विषालु हो कुन हैन भन्ने कुरा छुट्टाउन नसक्दा स्वादका लागि च्याउ खानेहरुको बर्षेनी धेरै जनाको मृत्यू भएको छ । विषालु च्याउ खादा शुरुमा बान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने र रिंगटा लाग्ने जस्तो लक्षण देखा पर्दछ । सामान्यतया विरामीले केही समयका लागि सञ्चो भएको जस्तो महसुस पनि गर्दछन् ।
तर विषको असर विस्तारै देखिन थाल्दछ । कुनै विषालु च्याउले खाएको केही घण्टा र कुनै प्रजाति विषालु च्याउले विस्तारै कलेजो तथा मृगौलामा असर पुर्‍याउँदै एकदुई दिनमा पनि मृत्यू हुने कुरा चिकित्सकहरुले बताएका छन् ।
जंगली च्याउ भरसक नखाऔ, हेलचेक्राइ, स्पष्ट पहिचानका अभावमा स्वादका लागि च्याउ खान हुँदैन । पहिचान बिनाको जंगली च्याउ खान भन्दा नखानुनै बेस हुन्छ । पहिला च्याउको बारेमा चिन्ने कोशिस गरौ । च्याउ खाएर मृत्यूको मुखमा पुग्नु भन्दा सजक बनौ ।
kbmashal@yahoo.com
@ sourydaily

Monday, July 8, 2013

अर्घाखाँचीको शान उच्च राख्न नारायण परियारलाई भोट हालौ



Swor Sangramनेपाल टेलिभिजनको Swar Sangram (स्वर संग्राम) कार्य्रक्रममा अर्घाखाँची जिल्ला डिहिडाँडाका नारायण परियार  TOP 6/ टप छ मा परिसकेका छन । तपाईं पनि उनलाई जिताएर अर्घाखाँचीको सान उच्च पार्न चाहनुहुन्छ भने नेपालभर बाट भोट् दिनुस्, नेपालमा रहेका आफन्तलाई सक्दो भोट् हाल्न लगाउनुस् । भोट् हाल्न ss टाइप गर्नुस अनी स्पेस दिनुस् अनी np टाइप गरी 3626 वा 4862 मापठाउनुस् (Type ss np send it to 3626 or 4862. आगामी बिहीवार राती १२ बजे सम्म एक मोबाईल फोनबाट जती पनि भोट् गर्न सक्नुहुनेछ । कार्यक्रम हरेक शनिवार राती ९:३० बजे र आईतवार दिउसो १ बजेको समाचार पछि NTV मा हेर्न सकिने छ ।
Narayan Top 7 Selection Round Swor Sangram

Narayan Pariyar Top 8 Selected Swor Sangram


Narayan Pariyar Top 9 Selected Swor Sangram
 नारायण पहिलो पटक बुटवलमा

Sunday, July 7, 2013

बढ्यो सामूहिक बलात्कार

दाङ, असार २४ – तुलसीपुर प्रहरीलाई शनिबार मध्यरातमा एक किशोरीको फोन आयो, ‘बसपार्कमा  चार जनाले मलाई बलात्कार गरे, बचाउन आउनुपर्‍यो ।’ अघिल्लो दिनमात्रै १५ वर्षीया किशोरीमाथि भएको सामूहिक बलात्कारको अनुसन्धानमा व्यस्त प्रहरी उस्तै घटनाको जानकारी पाएपछि तत्काल बसपार्क पुग्यो । चार युवालाई किशोरीसहित फेला पारेपछि पक्राउ गर्‍यो ।
imageशुक्रबार अपराह्न मात्रै १५ वषर्ीया एक किशोरीमाथि फूलबारी ६ ढकनाको जंगलमा सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको थियो । ३२ घन्टापछि शनिबार राति १७ वषर्ीया अर्की किशोरी तुलसीपुर ५ नयाँ बसपार्कमा बलात्कृत भइन् । घटनास्थलमा फेला परेका खलंगा ५ प्युठानका वीरबहादुर खत्री, थारमारे ६ सल्यानका युवराज डाँगी, फालाबाङ ५ सल्यानका अर्जुन योगी र रागेचौर ६ सल्यानका चन्द्र डाँगीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरू सबै यातायात व्यवसायमा संलग्न रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी तुलबहादुर कार्कीले बताए ।
पक्राउ पर्नेहरू सबै १९ देखि २२ वर्षका रहेको कार्कीले जनाए । सुरुमा एक जनासँग सहमतिमा यौन सम्पर्क गरेको र पछि तीन जनासँग सम्पर्क हुँदा पनि प्रतिकार नगरेको देखिएको उनले बताए । ‘चौथो युवा पनि थपिएपछि मात्र बलात्कार भनेर फोन आयो,’ उनले भने, ‘आपसी अविश्वासको अभावमा यस्ता घटना भइरहेका छन् ।’
बलात्कृत किशोरी पनि प्रहरीको निगरानीमा छिन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बतायो । घटनाबारे अनुसन्धान भइरहेको र थप तथ्य पत्ता नलागेको डीएसपी कार्कीले बताए । फूलबारी ६ ढकनाको जंगलमा शुक्रबार १५ वषर्ीया किशोरीले ‘सामूहिक बलात्कार’ भएको बताएकी थिइन् । मुख छोपेका चार युवाले लछारपछार पारेको र त्यसपछि बेहोस भएकाले केही थाहा नपाएको ती किशोरीले बताइन् । किशोरी निर्वस्त्र अवस्थामा फेला परे पनि बलात्कार हो/होइन या प्रयास मात्र हो भन्नेबारे मेडिकल चेकजाँचको रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने डीएसपी कार्कीले
जनाए । ती किशोरी निकै हतोत्साहित अवस्थामा रहेको र उनको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको प्रहरीले बतायो ।
चार वर्षमा १५ घटना
दाङ गढवाकी २५ बर्षीया युवतीको २०६६ चैतमा बिजौरीमा सात जनाद्वारा सामूहिक बलात्कार भई २०६७ जेठ ३० मा उपचारका क्रममा मृत्यु ।
रुकुमकी १८ बर्षीया एक युवतीलाई तुलसीपुरको बसपार्कस्थित न्यु राप्ती गेस्ट हाउसमा बास बसेको समयमा १० जना युवाद्वारा २०६७ असार १५ मा अपहरणपछि सामूहिक बलात्कार ।
२००६७ साउन १७ मा घोराही नगरपालिका ४ चौघेरामा ११ बर्षीया बालिकालाई बलात्कार ।
तिजमा माइती जाने क्रममा सौडियारकी एक महिलामाथि २०६७ भदौ ५ मा बिजौरीमा सामूहिक बलात्कार ।
तुलसीपुरका एक बुबाले १५ बर्षीया छोरीमाथि नियमित यौन शोषण गर्दै आएको रहस्य २०६७ मंसिर १० गते खुलेको ।
२००६७ पुस १२ गते पुरन्धारामा ४६ बर्षीया महिलालाई दुई प्रहरीद्वारा सामूहिक बलात्कार ।
२००६७ माघ र फागुनमा हापुरमा दुई महिलामाथि सामूहिक बलात्कार ।
२००६७ फागुनमा तुलसीपुर बसपार्कमा एक युवतीमाथि सामूहिक बलात्कार ।
२००६७ चैत ११ गते अपराह्न ४ बजे घोराही ६ मा एक युवतीमाथि सामूहिक बलात्कार ।
२००६७ चैत २९ गते तुलसीपुरमा एक युवतीमाथि सामूहिक बलात्कार ।
घोराही काठेकोलमा कम्लरी बलात्कृत ।
२००६८ असार ९ गते टरिगाउँकी १० बर्षीया बालिका घरैमा बलात्कृत ।
२००६८ असार १८ गते तुलसीपुरमा एक बालिकालाई गाडीका चालक र सहचालकद्वारा बलात्कार ।
२००७० असार २१ गते फूलबारी ६ ढकनाको जंगलमा १५ बर्षीया किशोरीमाथि चार जनाद्वारा सामूहिक बलात्कार ।
२००७० असार २२ गते राति तुलसीपुर बसपार्कस्थित एक ग्यारेजमा १७ बर्षीया किशोरीमाथि चार जनाद्वारा सामूहिक बलात्कार ।
© ekantipur.com

Saturday, July 6, 2013

नदीमा बस खस्दा ११ को ज्यान गयो

तनहुँ, असार २२ – तनहुँको दमौलीमा यात्रुबस मादी नदीमा खस्दा ११ जनाको ज्यान गएको छ । १० जना घाइते छन् ।
पोखराबाट नारायणघाटका लागि छुटेको ना ४ ख ४६ ८४ नम्बरको यात्रुबस दमौली बजारको चाइनिजपुलबाट नदीमा खसेर दुर्घटना भएको हो ।
घाइतेको दमौलीको रत्नाहरी अस्पताल, दमौली अस्पताल र नेशनल एपोलो अस्पतालमा उपचार भइरहेको छ भने एकजनालाई भने पोखरा लगिएको छ ।
मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाइते गाडी चालक बसन्त थापाको पनि उपचार भइरहेको छ ।

नवलपरासी को डण्डा पुल बाट बस खस्दा ३४ जना घाइते

नवलपरासी २२ असार ।

 नवलपरासी डण्डा बजार नजिक आज भएको वस र्दुघटनामा परि ३४ जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत डण्डा बजारबाट लगभग दुई सय मिटर पर रहेको   पथ्थर खोलामा यात्रुबाहक बस खस्दा ३४ यात्रु घाईते भएका छन् भने ८ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्याल कावासोतीले प्रहरीले जनाएको छ । 


पश्चिम नेपालको भैरहवाबाट काठमाडौ तर्फ आउदै गरेको लु १ ख ५६३० नम्वरको यात्रुबाहक बस  पुल संगैको छेकबारमा ठोकिएर खोलामा खसेको कावासोती प्रहरीले वताए । सो पिरित दिशाबाट काठमाडौ वाट नेपालगञ्ज का लागि जादै गरेको ना ४ ख ३ ३८ नम्वरको वस ठक्कर भई खोलामा खसेको प्रहरीले जनाएको छ । घाईतेहरु उपचारका कावासोती कालिगण्डकी अस्पताल र केही भरतपुर तर्फ लगिएको छ ।

 घाइते हुनेहरुमा गुल्मीका सुरज ज्ञावाली, नवलपरासीका इन्द्र बाहादुर राना, वुटवलका नारायण कुवंर, कुरिन्टार चितवनका वासु सिल्वाल, रुपन्देहीका हेम वहादुर खडका, अर्घाखाचीका सरस्वती सेमही मगर, कञ्चनपुरका सागर वोगटी ,कपिल्वस्तुकी रेखा भण्डारी, रुपन्देहीका कुञ्जराज श्रेष्ठ, कपिलवस्तु मिनवहादुर राना, वदर्घाट नवलपरासीका निलकण्ठ घिमिरे, नवलपरासीका पावर्ती गिरी र मनोज गिरी वुटवलका नम्रता गुरुङ, नवलपरासीका मनोहर रसाइली र भिखारी शाहा , वुटवलका कृष्ण सुनवार र वुटवलककै सन्देश सापकोटा गम्भिर घाइते भएको प्रहरी कार्यालय कावासोतीले जनाएको छ । 

वस खोलामा पल्टिएकाले केही यात्रु च्यापीएको पनि अनुमान गरि यतिवेला  क्रेनको साहायताले वसलाइ उठाउने तयारी भै रहेको प्रहरीले जनाएको छ । 

Friday, July 5, 2013

बाबु–आमाबाटै बोक्सीको आरोपमा कुटपिट

Boksi n Kutpit-एसबी पौडेल
रोल्पा, २१ असार । रोल्पा जिल्लाको धवाङ गाविसकी १६ वर्षीया किशोरीलाई बोक्सीको आरोपमा आफ्नै बाबु–आमा र मामाले निर्घात कुटपिट गरेका छन् ।
बोक्सीको आरोपमा आमा–बुवा र मामाले कुटपिट गर्दा धबाङ–१ निवासी संगीता सुनारले कष्ट सहनु परेको छ । उनले बोक्सीको आरोपमा बाबु–आमा र मामाले कुटपिट गरे पछि उनीहरु विरुद्ध प्रहरीमा उजुरी समेत गरिन् ।
यसबीच, पीडित संगीतालाई बाबु–आमा र मामाले एकहजार पाँचसय रुपियाँ जरिवाना बुझाई खुट्टामा ढोगेर माफी मागेका छन् । उनीहरुले अबदेखि त्यस्तो व्यवहार नगर्ने प्रतिबद्धता प्रहरी समक्ष गरेको रोल्पाका प्रहरी नायब उपरीक्षक ओमबहादुर रानामगरले बताए ।
केही दिनअघि स्थानीय ‘धामी झाँक्रीले उनका बाबु–आमालाई तेरी छोरीले बोक्सी सिक्दै छे’ भनिदिएपछि आमा दिलसरी सुनार, बुवा चन्द्रमणि सुनार र मामा तिलक परियारले संगीतालाई पटक/पटक कुटपिट गरेका थिए ।
आमा–बुबा र मामाले बोक्सीको आरोपमा मानसिक यातना दिँदै कुटपिट गर्न थालेपछि बाध्य भएर संगीताले प्रहरीमा उजुरी गरेको बताईन् ।
‘मामा र घरमा बाबु–आमाले दिनदिनै जहाँ भेट्यो त्यहीँ कुट्न थालेपछि प्रहरीमा उजुरी दिएँ,’ संगीताले भनिन्, ‘बाबु–आमा र मामाले जहाँ पायो त्यहीँ कपाल समातेर कुट्न थाले । असह्य भएपछि प्रहरीको शरणमा पुगे ।’
उजुरी पछि प्रहरीले बिहीबार पीडित युवती र बाबु–आमा र मामासँग सोधपुछ गरेको छ । बाबु–आमा र मामाले संगीतालाई यातना दिएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
‘गाउँमा धामी झाँक्रीले यो त बोक्सी विद्या सिक्दै छे भने पछि कुटपिट गरेका हौं,’ बाबु चन्द्रमणिले बताए । आमा दिलसरीले बोक्सीको आरोपमा छोरीलाई कुटपिट गरेर गलत गरेको भन्दै पछुतो भएको बताएकी छन् । (फाईल तस्विर)

व्यक्तिका नाममा सेना र सशस्त्रका पम्प

व्यक्तिका नाममा सेना र सशस्त्रका पम्प
काठमाडौं - दुईवटा सुरक्षा संगठनले व्यक्तिको नाममा दर्ता रहेको पेट्रोल पम्प संगठनको आवरणमा चलाइरहेका छन्। नेपाली सेना र सशस्त्रद्वारा सञ्चालित ६ वटा पेट्रोल पम्प व्यक्तिको नाममा रहेको आयल निगमको रेकर्डले पुष्टि गरेको छ। सेना र सशस्त्र बल गठनको उद्देश्य सुरक्षा व्यवस्था हो। राष्ट्रिय सुरक्षा र आन्तरिक सुरक्षाको जिम्मेवारी तोकिएका यस्ता संगठन नाफाको व्यापारमा संलग्न हुन्नन्। तर, सेना र सशस्त्रले कल्याणकारी कोषका लागि भन्दै चलाखी गरेर व्यापार गरिरहेका छन्।
बहालवाला र अवकासप्राप्तका लागि सेनामा सैनिक कल्याणकारी कोष छ। सुरुमा उस्तै नाम राखेको सशस्त्रले ३ वर्षअघि सच्याएर कल्याणकारी सेवा केन्द्र राखेको छ। तर उद्देश्य दुवैको एकै प्रकृतिको छ। उनीहरुले चलाएको पम्पको उद्देश्य सोही कोषको लागि आम्दानी गर्नु हो।
दुईवटै संगठनले कोषको लागि आम्दानी गर्न खोलिएका पम्पमा सरकारी सम्पत्ति र जनशक्ति खटाउँदै आएका छन्। तर, नेपाल आयल निगमको रेकर्डअनुसार कानुनी स्वामित्व उनीहरुको छैन।
भद्रकालीमा नेपाली सेनाको मुख्यालयसँगै जोडिएको रिपुमर्दनी पेट्रोल स्टेसनका मालिक नेपाली सेनाका अवकास प्राप्त अधिकारी गोपाल पोखरेल हुन्। लगनखेल पेट्रोल पम्पको स्वामित्व पनि सेनासँग छैन। रिपुमर्दनी २०३० मंसिर १ गते र लगनखेल पम्प २०४५ मा दर्ता भएको थियो।
सशस्त्र मुख्यालयको हल्चोक फ्युल स्टेसन पनि उसको स्वामित्वमा छैन। सबै काम सशस्त्रका बहालवालाबाटै भए पनि मुख्यालयसँगै जोडिएको पम्पको कानुनी सञ्चालक समरबहादुर श्रेष्ठ हुन्। निगमको रेकर्डअनुसार २०६४ मा दर्ता भएको सो पम्प खाल्टे धादिङका श्रेष्ठको नाममा छ।
भक्तपुर, चितवन र पोखरामा सशस्त्रले चलाइरहेकोे पम्प पनि उसको नाममा छैन। पोखराको पम्प प्रहरी निरीक्षक धनबहादुर थापाको नाममा दर्ता छ भने भक्तपुरको प्रहरी निरीक्षक कृष्णराज खड्काको नाममा। चितवनको पम्पमा त सशस्त्रले साझेदार नै राखेको छ। हल्चोक पम्पका मालिक श्रेष्ठ सशस्त्रका बहालवाला डिएसपी हुन्।
नेपाल प्रहरीले पनि प्रहरी कल्याण कोषको नाममा दुईवटा पेट्रोल पम्प चलाइरहेको छ। प्रधान कार्यालयसँगैको सरकारी जग्गा र पथलैयामा उसको पम्प छ। पथलैयाको पम्प पुरानो हो। आयल निगमको रेकर्डमा सेना र सशस्त्रको झैं यी दुवै पम्पको स्वामित्व कसको हो भन्ने खुलेको छैन। दुवै पम्पको स्वामित्वको महल खालि छ। आयल निगमअनुसार पम्प कम्पनी रजिस्ट्रारको कार्यालय वा वाणिज्य विभागमा दर्ता भएको फर्मको नाममा मात्र स्वीकृत हुन्छ। मापदण्ड पूरा गरी आएको आवेदनको आधारमा पम्प सञ्चालन अनुमति दिने व्यवस्था छ। प्रहरी प्रवक्ता नवराज सिलवाल प्रहरीका पम्पहरु कल्याण कोषकै स्वामित्वमा रहेको दाबी गर्छन्। जानकारका अनुसार २०६६ सम्म प्रहरीका दुवै पम्प दर्ता थिएनन्। प्रहरी पम्पमा व्यापक भ्रष्टाचार भएको गुनासो आएपछि तत्कालीन प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले डिआइजी उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा छानबिन समिति गठन गरेर अनुसन्धान गराउँदा भ्रष्टाचार पुष्टि भएको थियो। लगत्तै दुईवटै पम्प कल्याण कोषको नाममा दर्ता गरेर सरकारलाई कर तिर्न थालिएको थियो।
प्रहरीले सामाखुसीमा नयाँ पम्प खोल्ने तयारी गरिरहेको छ। नयाँ पम्प पनि कल्याण कोषकै नाममा दर्ता गर्ने प्रक्रिया अन्तिम चरणमा छ। प्रहरीले पम्प कोषकै नाममा दर्ता गर्न वाणिज्य र कानुन मन्त्रालय हुँदै आयल निगममा प्रस्ताव पठाइसकेको छ। जानकार अधिकारीका अनुसार सोही प्रयोजनका लागि कोष राजस्वमा समेत दर्ता भइसक्यो।
सैनिक प्रवक्ता सुरेश शर्माले पम्प सञ्चालनबारे अध्ययन गरिरहेको बताए। सशस्त्र प्रहरी प्रवक्ता डिआइजी नारायणबाबु थापाले भने, 'संस्थाको नाममा दर्ता गर्न नमिल्ने भएकाले व्यक्तिको नाममा दर्ता गरे पनि नाफा–घाटा दुवै कोषमै जाने' बताए। उनले संस्थाको नाममा पम्प ल्याउन केही कानुनी जटिलता रहेको र त्यसलाई समाधान गर्न गृहकार्य थालिएको बताए।
पुलिसको कोष गैरसरकारी
सेना र सशस्त्रको भन्दा फरक प्रहरीको कल्याण कोष संघ–संस्था दर्ता ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता छ। यसमा बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) प्रमुख रहे पनि कानुनी हैसियत गैरसरकारी संस्थाको छ। महालेखापरीक्षकलगायत सरकारी अनुगमन निकायले कोषको कानुनी हैसियत नभएको भन्दै ध्यानाकर्षण गराए पनि कुनै परिवर्तन गरिएको छैन। सेनाको कल्याण कोष सैनिक ऐन र सशस्त्रको सशस्त्र नियमावली अन्तर्गतका हुन्।
प्रहरीका डिआइजी सिलवालले कोषबारे प्रहरी नियमावलीमा उल्लेख गर्ने तयारी सकिएको र प्रस्तावित नियमावलीमा सो कुरा समेटिएको जानकारी दिए।

तलब सरकारी, काम पम्प कामदार

सुरुमा कल्याणकारी कामको आवरणमा पम्प खोलेर व्यापार थाल्ने सेना हो। आपतकालीन अवस्थामा इन्धन अभाव हुन नदिन सुरक्षा निकायको आफ्नै इन्धन केन्द्र हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्डका आधारमा सेना र दुवै प्रहरी संगठनले पम्पको अनुमति पाएका हुन्। तर, आन्तरिक प्रयोजनका लागि भन्दै खुलेका पम्प व्यापारमा बढी केन्द्रित छन्। 
तीनवटै संगठनले सुरक्षाका लागि भन्दै भर्ना गरेका सुरक्षाकर्मीलाई पम्पमा खटाएका छन्। सेनाको पम्पमा न्यूनतम दैनिक ४० जनाको हाराहारीका सैनिक खटिन्छन्। सशस्त्रले प्रहरी निरीक्षकदेखि जवानसम्म गरी ५० भन्दा बढी सुरक्षाकर्मी पम्पमा खटाउने गरेको छ। प्रहरीको पम्पमा पनि उत्तिकै हाराहारीका प्रहरी खटिन्छन्। काम पम्पको गरे पनि उनीहरुको तलब र रासन दुवै सरकारी कोषबाटै जान्छ।
सशस्त्रले पम्प राख्न कल्याण केन्द्रको नाममा जग्गा खरिद गरे पनि सेना र प्रहरीको पम्प सरकारी जग्गामै छ। अभावको समयमा सेना र प्रहरी भनेर नेपाल आयल निगमले प्राथमिकताका साथ इन्धन उपलब्ध गराउँछ। सुरक्षा निकायले सबै काम संगठनको हितका लागि गरेको भने पनि कानुनी रुपमा भने सरकारी स्रोत, साधन र जनशक्तिको दुरुपयोग गरेको प्रस्टै देखिन्छ।
'इन्धन संवेदनशील बस्तु भएकाले कतै–कतै केही प्रतिशत सुरक्षा निकायको नियन्त्रणमा राखिएको हुन्छ। तर, व्यापारका लागि होइन,' जानकार एक अधिकारीले भने, 'तर, यहाँ सुरक्षा संगठन सिधै व्यापार गरिरहेको छ।' उनले आपतकालीन अवस्थामा बाहेक व्यापार गर्नु सुरक्षा निकायको जिम्मेवारीमा नपर्ने बताए।
प्रहरी प्रवक्ता सिलवालले कल्याणकारी योजनाअनुसार काम भएको र यसलाई व्यापारसँग दाँज्न नमिल्ने तर्क गरे। उनले कोषअन्तर्गतको सम्पत्ति सरकारी नै रहेको तर्क गर्दै थपे 'यो कानुनसम्मत र पारदर्शी छ, नाफाका लागि होइन, सेवाका लागि खोलेका हौं।'

जंगली छावालाई घरेलु ढोईको माया

जंगली छावा (दायाँ) र आफ्नो छावासँगै दूध चुसाउँदै चितवनकली। तस्बिर : नागरिकजंगली छावा (दायाँ) र आफ्नो छावासँगै दूध चुसाउँदै चितवनकली। तस्बिर : नागरिक
चितवन - अलपत्र बच्चालाई मान्छेले मात्र होइन, वन्यजन्तुले पनि उत्तिकै माया गर्दो रहेछ। चितवन राष्ट्रिय निकुञ्ज सौराहाको हात्तीसारमा अचेल रमाइलो दृश्य देखिन्छ। उद्धार गरेर ल्याइएको जंगली हात्तीको बच्चा (छावा)लाई घरेलु हात्तीले दूध चुसाउँछ। अन्य पोथी हात्ती सुँढले छावा सुमसुम्याउन तँछाडमछाड गर्छन्।
रौतहट वागमती किनारमा अलपत्र जंगली छावालाई पर्सा वन्यजन्तु आरक्षका अधिकारीले सौराहा ल्याएका हुन्। असार १७ गते दिउँसो त्यहाँ ल्याइएको छावाले असार १४ गते राति बच्चा जन्माएकी चितवनकलीको दूध चुस्न पाएको छ।
'सुरुमा यो छावा नजिक जान हिच्किचाउँथ्यो। अहिले त दूध चुसेको चुस्यै गरेर माउलाई हैरान बनाउन थालेको छ,' हात्तीसारका प्रमुख विचित्रकुमार चौधरीले भने। चितवनकलीले जन्माएको छावा पोथी हो। जंगली छावा भाले हो। जंगली छावा २० दिनअघि जन्मिएको हात्तीसारका कर्मचारीको अनुमान छ।
छावाले करिब एक वर्षसम्म आमाको दूध मात्र खान्छ। त्यसपछि बल्ल घाँस खान थाल्छ। 'दूध चुस्न पाएन भने छावा धेरै दिन बाँच्न सक्दैन,' केन्द्रका प्रमुख चौधरीले भने। भर्खर बच्चा जन्माएकी चितवनकलीको दूध चुस्न पाएको छावाले अरु पोथी हात्तीको पनि उत्तिकै माया पाएको छ। पोथी हात्ती ऐश्वर्यमाला छावा खेलाउन मरिहत्ते गर्छ।
'चितवनकलीसहित यहाँ ६ वटा पोथी हात्ती (ढोई) छन्। सुत्केरी चितवनकलीलाई त बच्चा मनपर्ने नै भयो। अरु पोथी पनि उत्तिकै हुरुक्क हुन्छन्। ऐश्वर्यामाला त झन् बच्चा खेलाउन सुत्केरीभन्दा पनि बढी मरिहत्ते गर्छे,' चौधरीले भने। दूध र माया पाएकाले जंगली छावा हृष्टपुष्ट हुँदै आएको छ।
पटक–पटक दूध चुसेर हैरान गरेपछि छावालाई बाँधेर राख्नुपरेको छ। दुई छावाले दूध चुस्ने भएकाले हात्तीलाई पौष्टिक पदार्थ थप्न हात्तीसारका कर्मचारीलाई भ्याइनभ्याई छ। हात्तीले जुम्ल्याहा बच्चा प्रायः जन्माउँदैन। खोरसोरमा रहेको हात्ती प्रजनन् केन्द्रमा पाँच वर्षअघि एउटा ढोईले जुम्ल्याहा जन्माएको थियो। एउटा जन्माए पनि चितवनकलीलाई दुई बच्चा हुर्काउने जिम्मेवारी थपिएको छ।
'आफ्नो समूह र आमाबाट बिछोडिनु दुर्भाग्य हो। तर, यहाँ भर्खर बच्चा जन्माएको ढोई भएकाले उसलाई हुर्कन सहज हुने भयो,' चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने। हात्ती समूहमा मिलेर बस्ने प्राणी हो। फरक समूहका ठूला भाले हात्ती एक अर्कामा घुलमिल हुन सक्दैनन्। तर, पोथी हात्तीमा यस्तो समस्या हुँदैन।

Thursday, July 4, 2013

जडिबुटी कर्मचारीबाटै चोरी निकासी

-सञ्जीवकुमार दाहाल
_MG_3640दोलखा, २० असार । दोलखा वन पैदावार र जंगली पशुपन्छी संरक्षणको जिम्मा पाएको गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय नजिकै तस्करीका सामान भण्डारण गरिएको पाइएको छ ।
संकलन र निकासीका लागि प्रतिबन्ध गरिएका वन पैदावार संरक्षण क्षेत्रको कार्यालय नजिकै भण्डारण गरिनुमा कार्यालयकै संलग्नता रहेको स्थानीयको आरोप छ ।
संरक्षण क्षेत्रको प्रधान कार्यालय सिँगटीको करीव एकसय मिटर उत्तरतर्फ जंगलबाट अबैध रुपमा संकलन गरी ल्याएका धुपी सल्लाको चोइटा र झ्याउ भण्डारण गरी राखिएको छ । धुपी काठ र चोइटालगायतका पैदावार सिन्धुपाल्चोक हुँदै निकासी हुन थालेपछि मन्त्रालयस्तरबाट समेत पटक/पटक बैठक बसी सुरक्षा संयन्त्र परिचालन हुँदै आएको थियो ।
बोरामा धुपीका काठ र चोइटा फेला परे पछि संरक्षण कार्यालयबाटै चोरी निकासी भइरहेको रहस्य खुलेको हो । जंगलमा चोइटा थुप्रै भएको र सिँगटीमा १० टन बढि भण्डारण गरिएको स्थानीयले जानकारी दिए ।
संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले धुपीका चोइटा बनाउन र संकलन गर्न स्थानीय संरक्षण समितिलाई अनुमति दिएको बताए । उनले कर्मचारीले चोरी निकासी गरेको आरोपको खण्डन गरे ।

२ सय ५ क्षेत्रलाई नचलाऔं : कानून व्यवसायी

काठमाडौं, २० असार । कानून व्यवसायीहरुले यसअघिको निर्वाचन क्षेत्रमा धेरै परिवर्तन गर्न आवश्यक नरहेको सुझाव दिएका छन् ।
निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीसँग आज (बिहीबार) काठमाडौंमा भएको छलफलमा कानून व्यवसायीहरुले २ सय ५ निर्वाचन क्षेत्रलाई धेरै हेरफेर आवश्यक नरहेको सुझाव दिएका हुन् । उनीहरुले बढ्ने ३५ क्षेत्रमा पनि थोरै मात्रै परिवर्तन गर्न सुझाव दिए ।
अधिवक्ता तीर्थमान शाक्यले अन्तरिम संविधानको धारा ६३ को उपधारा ३ अनुरुप यसअघि बढेका ३५ निर्वाचन क्षेत्रमा मात्रै थपघट गर्न सकिने बताए ।
‘२५ जिल्लाका ३५ क्षेत्र थप गरिएकोमा काभ्रे बाहेकका थपिएका जिल्लामा जनसंख्या बढेको देखिएको छ,’ उनले भने, ‘काभ्रेबाहेकका अन्य जिल्लामा क्षेत्र घटाउन हुँदैन ।’
नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले चलाउनै पर्नेबाहेक पहिलेका निर्वाचन क्षेत्रलाईनै यथावत राखेर अगाडि बढ्न सुझाव दिएको जानकारी दिए । उनले क्षेत्र निर्धारण गर्दा भूगोल र जनसंख्यालाई बढि चलाउनुपर्ने नदेखिएको बताए ।
वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, हरिहर दाहाल, सरिताराज भण्डारीलगायतका कानून व्यवसायीले पनि २ सय ५ निर्वाचन क्षेत्रलाई नचलाउन सुझाव दिएका छन् ।
आयोगले क्षेत्र निर्धारणका बारेमा विभिन्न पक्षसँग परामर्श गर्दै आएको छ ।

राष्ट्रपतिद्वारा समितिका संयोजकसँग परामर्श

काठमाडौं, २० असार । राष्ट्रपति डा.रामवरण यादव र मधेसी मोर्चाका नेता विजय गच्छेदारबीच भेटबार्ता भएको छ ।
rambaran yadav2राष्ट्रपति कार्यालय शीतल निवासमा आज (बिहीबार) भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधानसभा निर्वाचनको तयारीका बारेमा परामर्श भएको हो ।
डा.यादवले उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका नेता गच्छदारसँग निर्वाचनको तयारीका बारेमा जानकारी लिए । उनले निर्वाचनका लागि सक्रिय हुन राजनीतिक समितिलाई आग्रह पनि गरे ।
निर्वाचनको मिति नजिकिदै गएको अबस्थामा सबै दललाई समेटेर अघि बढ्न डा.यादवको सुझाव थियो । भेट पछि सञ्चारकर्मीसँग कुरा गर्दै गच्छेदारले छिट्टै राजनीतिक समितिको बैठक बोलाई नेकपा–माओवादीका मागका बारेमा छलफल हुने बताए ।
‘उच्चस्तरीय राजनीतिक समितिको बैठकमा नेकपा–माओवादीका मागका बारेमा छलफल हुन्छ,’ उनले भने, ‘राष्ट्रपतिले सबै आन्दोलनरत दलहरुसँग वार्ता र सम्वाद गर्न सुझाव दिनु भएको छ ।’
यस अघि बुधबार राष्ट्रपति डा.यादवले कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलसँग निर्वाचनका बारेमा परामर्श गरेका थिए ।