Saturday, July 27, 2013

मेरो लिंगको टुप्पोमा सधैं हल्का जलन महसुस हुन्छ । त्यसका लागि के उपचार गर्नुपर्ला ?

प्रश्नः म ५२ वर्षीय शिक्षित विवाहित पुरुष हुँ । मैले विगत १० वर्षदेखि एक विवाहित महिलासँग गोप्य रूपमा यौन सम्बन्ध राख्दै आएको छु । त्यस्तो सम्बन्ध राख्दा  हामी कन्डमको प्रयोग गर्दैनौं । प्रायःजसो वीर्य योनिभित्रै स्खलन हुन्छ । पाक्क्रीडाका रूपमा मुखमैथुन -लिंगको मात्र), एक अर्काको ओठ तथा जिब्रोको प्रशस्त रसपान गर्ने  गरेका छौं भने कहिलेकाहीं महिलाले वीर्य सेवनसमेत गरेकी छिन् । हाल केही दिन अघिदेखि ती महिला र मेरी श्रीमती दुवैसँग यौनसम्पर्क गर्ने चाहना बढेेको छ, तर लिंग  पहिलेजस्तो छिटो कडा नहुने, भए पनि योनिभित्र राखेर पाकक्रीडा सुरु गर्नेबित्तिकै लुलो भै मैथुन गर्न नसकिने भै वीर्य स्खलितसमेत हुँदैन । यो अवस्थामा मलाई  आत्मग्लानी भैरहेको छ । अर्को कुरा केही महिनाअघि ती महिला मित्रले अन्य पुरुषसँग पनि सम्पर्क राखेको कुरा थाहा भयो । यो कुरा थाहा पाएपछि मैले उनीसँग सम्पर्क  विच्छेद गर्न चाहें, तर उनले माफी मागिन् र मैले उनलाई छोड्न सकिनँ । मैले पहिलेजस्तै मैथुन गर्न के गर्नुपर्ला ? महिला मित्रसँग सम्बन्ध राखिरहन के गर्नुपर्ला ? कुनै  रोग लागे नलागेको कसरी थाहा हुन्छ ? मेरो लिंगको टुप्पोमा सधैं हल्का जलन महसुस हुन्छ । त्यसका लागि के उपचार गर्नुपर्ला ?

सी.पी.एस.

उत्तरः अर्की महिलासँगको गोप्य यौनसम्बन्ध 

अनेक किसिमको कडा सामाजिक बन्देज हुँदाहुँदै पनि किन विवाहेत्तर सम्बन्ध राखिन्छ भन्ने कुराको जवाफ सजिलो छैन । विभिन्न कारणले एक अर्कामा सम्पूर्ण रूपमा  समर्पित हुनु गाह्रो छ । आकस्मिक दुर्घटना वा संयोगिक घटनाका कारण विवाहेतर यौनसम्बन्ध हुनुभन्दा प्रणयपूर्ण सम्बन्धसहितको विवाहेत्तर यौनसम्पर्कले दम्पतीको  सम्बन्धमा धेरै समस्या ल्याउँछ । तपाईं उक्त महिलासँगको सम्बन्धलाई प्रणयपूर्ण त भन्नुभएको छैन, तर सम्बन्ध गहिरो र स्थायी प्रकृतिको छ भन्ने कुरा देखिन्छ । तपाईंले  किन विवाहेत्तर सम्बन्ध राख्न थाल्नुभयो, स्पष्ट छैन । 

एउटै व्यक्तिसँगको सम्बन्धमा सन्तोष प्राप्त गर्न नसक्नु, सम्बन्ध प्रेममय रहन नसक्नु, प्रेमयुक्त सम्बन्धमा बाँधिन चाहनु, भावनात्मक प्रगाढतामा बाँच्न चाहनुजस्ता कुराले  कुनै नयाँ सम्बन्ध स्थापित गर्न प्रेरित गरिरहेको हुनसक्छ । दम्पतीबीच एक-अर्काको भावनालाई सम्मान नगर्नु, बेवास्ता गरिएको अनुभूति हुनु, यौन नैराश्यताले ग्रसित हुनु,  उनीहरूमाझ साथै बस्ने चाहना नहुनु, भावनात्मक अन्तरङ्ग सम्बन्ध नहुनुजस्ता कुराले वैवाहिक सम्बन्धभन्दा बाहिरको सम्बन्धलाई स्थापनातर्फ डोर्‍याउँछ । सामान्यतः  गहिरो वैवाहिक सम्बन्धमा रहेका व्यक्तिका लागि भावनात्मक सम्बन्ध टुटिसकेपछि मात्र अर्को विकल्प हेर्ने क्रममा विवाहेत्तर सम्बन्ध स्थापित हुन  पुग्छ । आफैंले रोजेर  विवाह नगरिने स्थितिमा गहिरो भावनात्मक प्रेममय सम्बन्धको विकास नै नभएको हुन सक्छ । लैङ्गकि असमानताले यस किसिमको समस्या बल्झाएको हुन्छ । तपाईंको  सन्दर्भमा के कारणले उक्त महिलासँग यस्तो अन्तरङ्ग सामीप्यता अघि बढेको हो अनुमान लगाउन गाह्रो छ । 

तपाईंले उक्त महिला तथा श्रीमतीसँग पनि यौनसम्पर्क गर्ने चाहनाको कुरा लेख्नुभएको छ, तर के कुरा भन्न खोज्नुभएको स्पष्ट छैन । अर्को कुरा के पनि भनौं भने तपाईं यो विवाहेत्तर सम्बन्धले ल्याउन सक्ने अपठयाराहरूबारे सचेत हुनुहुन्छ नै होला । 

धोकामाथिको धोका

यदि सहमति नभएको भए तपाईंको यो विवाहेत्तर सम्बन्ध आफ्नी श्रीमतीलाई दिएको धोका हो । तपाइर्ंले यौनसम्पर्क राख्ने महिला साथीका बारेमा खासै लेख्नुभएको छैन ।  यदि उहाँ विवाहित हुनुहुन्छ भने यो उहाँले आफ्नो श्रीमान्लाई दिएको धोका हो । उक्त महिलाको सन्दर्भमा तपाईंले गर्नुभएको सम्बन्ध-विच्छेदको कुरा उक्त महिला  साथीले अर्को व्यक्तिसँग यौन सम्बन्ध राखेको कारणले उठेको छ । यहाँ विवाहेत्तर सम्बन्धमाथि पनि धोकाको कुरा छ । 

तपाईंलाई पक्कै थाहा होला, यौन सम्पर्कबाट नै एचआईभीलगायत विभिन्न यौनरोग सर्छन् । तपाईंले पनि कन्डमबिना यौनसम्पर्क राख्ने कुरा उल्लेख गर्नुभएको छ । यसले  जोखिम त बढ्छ, नै, यहाँ तपाईंको विवाहेत्तर सम्बन्धमा भएको यौनसाथीको पनि अर्को यौनसाथी रहेको देखिएको छ । त्यसैले रोग सर्ने मामिलामा एकदमै सजग हुनुपर्ने  देखिन्छ । 

लुलो किन भएको होला ?

समयको चालसँगै हाम्रो शरीर, मस्तिस्क तथा हामी वरिपरिको वातावरण पनि परिवर्तन हुन्छन् अनि यसैअनुरूप हाम्रो यौनिकता पनि निरन्तर रूपमा परिवर्तन हुन्छ । अधबैंसे वा प्रौढ भएपछि पहिलेको तुलनामा लिंग उत्तेजित हुन तथा त्यसलाई उत्तेजित अवस्थामा कायम राख्न अलि धेरै समय लाग्छ । अन्य कतिपय शारीरिक अवस्था,  घर-परिवारको बोझको चिन्ता अनि पाको उमेरसँगै आउने कतिपय रोगको उपचारका लागि प्रयोग गरिएका औषधीको सेवन पनि यसका कारण हुन सक्छन् । 

तपाईंको यौनसन्तुष्टि पाउने प्रयासको म प्रशंसा गर्छु । व्यक्तिअनुसार फरक-फरक पर्ने भए पनि प्रौढहरूमा लिंग उत्तेजनामा आउन केही गाह्रो पर्छ । पहिलेजस्तो सोचाइ  वा कल्पना गर्दैमा मात्र लिंग उत्तेजित हुँदैन, बरु लिंग चलाएरै त्यसलाई उत्तेजित पार्नुपर्ने हुन्छ । हातले यसरी चलाएर लिंग उत्तेजित पारिने समय पनि लम्बिन्छ, तर धैर्यताका साथ यसलाई निरन्तरता दिनुपर्ने हुन्छ । कतिपय व्यक्तिले यस किसिमको अवस्थामा मुखमैथुन गरेर लिंग उत्तेजित गराएको रुचाउँछन् । तपाईंको महिला साथीले यो  कुरा अवलम्बन गर्नुभएको छ । सामान्यतः दुई स्वस्थ व्यक्तिका माझमा हुने यौन क्रियाकलापका सन्दर्भमा मुखमैथुन र वीर्यपानले हानि गर्दैन । 

समाधान के होला ?

प्रौढ अवस्थामा केही बढी फुर्सद निकाल्न सकिन्छ, जुन यौन क्रियाकलापमा नयाँपन ल्याउने सुनौलो अवसर हो । यी अवसर वैवाहिक सम्बन्धभित्रै गर्न सके सुनमा सुगन्ध  हुन्छ । आफूलाई के गर्ने इच्छा छ वा के गर्दा आफूलाई रमाइलो लाग्छ भन्ने विषयमा अर्थात् आफ्नो चाहनाका बारेमा आपसमा कुराकानी गर्नु आवश्यक छ । उमेरसँगैको  परिवर्तन अनि त्यसैसँग आउने यौनचाहना वा सक्षमतालाई पनि स्वीकार गर्नुपर्छ । यसमा अनावश्यक दबाब दिनु हुँदैन, नत्र हीनताबोधको सिकार भए समस्या बल्भिmन  सक्छ । यौनक्षमतालाई नकारात्मक असर पार्ने कुनै अवस्था भए-नभएको वा औषधी सेवन गर्नुभए- नभएको स्पष्ट भएन । यदि त्यस किसिमको कुनै अवस्था भए  चिकित्सकको सहयोगको आवश्यकता पर्न सक्छ । सिर्जनशील हुन सके उमेर बढे पनि यौनजीवन सुखमय ढंगले अघि बढाउन सकिन्छ ।

No comments:

Post a Comment