उत्तम अधिकारी
अबुधावी । ‘रक्तदान जिवनदान’ भन्ने मुल मर्मलाई ध्यानमा राखी एनआरएन यूएईले दुबईमा एक बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । दुबईको नेपाली चोकको नामले चिनिने बरदुबईको मेट्रो पार्कमा यहि १९ जुलाई शुक्रवारका दिन उक्त रक्तदान कार्यक्रम तय गरिएको एनआरएन यूएईले जनाएको छ ।
मुस्लिम समुदायको धार्मिक पर्व रमादानको महिना र गर्मीको छुट्टीको समयमा यहाँका अस्पतालहरुमा रगत अभाब हुने गरेका करण सोही अवस्थालाई मध्यनजर गर्दै जिवनदान सरह मानिने रक्तदानको कार्यक्रम यसै मौसममा आयोजना गर्न लागिएको एनआरएन यूएईका महासचिव शन्तोस प्रसाईंले बताएका छन् ।
मानव सेवाको अभिप्रायले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागी भएर रक्तदान गर्नका लागि यूएईमा रहेका सम्पुर्ण नेपालीहरूलाई आव्हान गर्दै एनआरएन यूएईले यस कार्यमा हातेमालो गर्नका लागि यहाँका नेपाली समुदाय सँग अनुरोध गरेको छ । बढी भन्दा बढी नेपालीहरूको सहभागिता रहोस् भन्ने उद्देस्यले उक्त कार्यक्रम दिउँसो ११ बजे देखि साँझ ५ बजे सम्मका लागि तय गरिएको बताइएको छ ।
गत बर्ष पनि एनआरएन यूएईले दुबईको लतिफा अस्पतालमा यस्तै कार्यक्रमको आयोजना गरेको थियो जहाँ झन्डै ५० जना नेपालीले रक्तदान गरेका थिए । यस पटक पनि सोही अस्पतालले उक्त कार्यक्रममा सहयोग गर्ने कार्यक्रमका संयोजक प्रदिप पौडेलले जानकारी दिएका छन् ।
No comments:
Post a Comment