कम्प्युटर माउसको आविष्कार गर्ने वैज्ञानिक डग एंगलबर्टको ८८ वर्षको उमेरमा निधन भएको छ । सन् १९२५ को जनवरी ३० मा अमेरिकाको ओरेगनस्थित पोर्टल्याण्डमा रेडियो मर्मत गर्ने पिता र गृहिणी आमाको कोखबाट जन्मेका एंगलबर्टले सन् १९६० मा कम्प्युटर माउसको आविष्कार गरेका थिए ।
उनले आविष्कार गरेको माउस काठको खोल भएको र दुइवटा पंाग्रा भएको थियो । उनले क्यालिफोर्निया रिचर्स संस्थामा इमेल, वर्ड प्रोसेसिङ तथा भिडियो टेलिकन्फ्रेन्सिङ जस्ता प्रविधिमा पनि काम गरेका थिए । उनको जुलाई २ मंगलबार निधन भएको उनकी छोरीले पुष्टि गरेकी छिन् ।
ओरेगन स्टेट विश्वविद्यालयमा इलेक्टि्रकल इन्जिनियरिङ पढेका उनले दोश्रो विश्वयुद्धका बेला राडार प्राविधिकको काम गरेका थिए । उनले अमेरिकी अन्तरीक्ष संस्था नासाको सुरुवाती रुप नाकामा पनि काम गरेका थिए । उनले आफ्नै अनुसन्धान संस्था स्टानफोर्ड रिसर्च इन्स्िटच्युट स्थापना गरी कम्प्युटर माउस तथा अन्य प्रविधिको विकाशमा काम गरेका थिए ।
No comments:
Post a Comment