यी युवतीको अद्भूत मेकअप कलाका बारेमा प्रसिद्ध बेलायती अखबार द सन, डेली मेललगायत धेरै पत्रपत्रिकाले लेखेका छन् र फोटो छापेका छन् । उनले यस्तै मेकअप गरेर फोटो राखेको फेसबुक पेजमा तीन लाख १२ हजारभन्दा बढीले लाइक गरेका छन् । उनले आफ्नो कलाको भिडियो खिचेर युटुवमा पनि राखेकी छन् । युटुवमा उनको भिडियो लाखौं दर्शकले हेरेका छन् ।
तामाङले यस्तो मेकअपका बारेमा कतै प्रशिक्षण लिएकी पनि होइन् । आफ्नो सानैदेखिको सोखका कारण यस्तो मेकअप कला आफैले सिकेको बताउने यी युवतीले आफ्नो कलाको प्रशंसा गर्ने परिवारका सदस्य तथा शुभचिन्तकलाई धन्यवाद पनि दिएकी छन् ।
उनले विश्व प्रसिद्ध चित्र मोनालिसा, कलाकार माइकल ज्याक्सन, एन्जलेना जोली, जस्टिन विवर, केटी पेरी, जेसिका र्याविट, रिहन्ना, टेलर स्विफ्ट, निक्की मिनेज, डेनिस राजकुमारीलगायतका भेष धारण गरेर संसारलाई चकित पारेकी छन् । उनले यी कलाकारका रुप धारण गरेर खिचेको फोटो हेर्दा वास्तविक कलाकार र ती फोटोमा कुनै भिन्नता देखिदैन ।
No comments:
Post a Comment